यस्तो छ आजको मौसम पूर्वानुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    यस्तो छ आजको मौसम पूर्वानुमान

    खबरपुञ्ज संवाददाता

    २ आश्विन २०७७, शनिबार

    काठमाडौं :हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहेकाे हुँदा माैसम बदली भइरहेकाे मौसम पुर्वानुमान महाशाखाले जनाएकाे छ ।

    आज देशभर सामान्यतया बदली रही देशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बाग्मती प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने जनाएकाे छ ।