खानेपानी योजनालाई सांसद श्रेष्ठको रु ५० हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    खानेपानी योजनालाई सांसद श्रेष्ठको रु ५० हजार

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले खानेपानी योजनालाई रु ५० हजार सहयोग गर्नुभएको छ । सांसद श्रेष्ठले व्यास नगरपालिका–१० शेवरस्थित शितल गुफा खानेपानी योजनाका लागि उक्त रकम सहयोग गर्नुभएको हो ।

    उक्त रकम आइतबार सांसद श्रेष्ठले खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष नीर्घबहादुर नेपालीलाई हस्तान्तरण गर्नुभयो । श्रेष्ठले सांसदमा निर्वाचित भएदेखि नै तलब भत्ता बापतको रकम जिल्लाको विभिन्न सामाजिक सङ्घसंस्थालाई उपलब्ध गराउँदै आउनुभएको छ ।

    खानेपानी योजनालाई सहयोग गरेकामा धन्यवाद ज्ञापन गर्दै नेपालीले उक्त रकमले योजना मर्मतका लागि सहयोग पुग्ने बताउनुभयो ।