दमौलीबाटै देखिनेछ विभिन्न शहरको वायु प्रदुषणको तथ्याङ्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीबाटै देखिनेछ विभिन्न शहरको वायु प्रदुषणको तथ्याङ्क

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँको दमौलीस्थित मुख्यचोकमा वायु प्रदुषण मापनको डिस्प्ले बोर्ड स्थापना गरिएको छ । वातावरण विभागले व्यास नगरपालिकाको समन्वयमा दमौलीमा डिस्प्ले बोर्ड स्थापना गरेको हो ।

    वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन सावधानी डिस्प्ले बोर्डले सहयोग गर्नेछ । डिस्प्ले बोर्ड जडानका लागि व्यास नगरपालिकाले सवमिटर मार्फत् विद्युत लाइन जडान गरिदिएको छ । डिस्प्ले बोर्डमा जडान भएको सवमिटरमा उठेको विद्युतको अङ्क (खपत युनिट) अनुसार विद्युत प्राधिकरणबाट निर्धारण भएको दररेट बमोजिम विभागले व्यास नगरपालिकालाई उपलब्ध गराउनेछ ।

    उक्त डिस्प्ले बोर्डमा देशका मुख्य मुख्य शहरमा भइरहेको वायु प्रदुषणको तथ्याङ्क देख्न सकिने व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो । उक्त डिस्प्ले बोर्डमा धनगढी, धनकुटा, नेपालगञ्ज, विराटनगर, भक्तपुर, दाङ, हेटौडा, भरतपुर, सौराहा, धुलिखेत, रत्नपार्क, महेन्द्रनगर लगायतका शहरमा भइरहेको वायु प्रदुषणको तथ्याङ्क देखाउनेछ ।