व्यास सिटीको रक्तदानमा २७ पिन्ट रगत सङ्कलन (भिडियाे सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास सिटीको रक्तदानमा २७ पिन्ट रगत सङ्कलन (भिडियाे सहित)

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७७, सोमबार

    तनहुँ : लायन्स क्लव अफ तनहुँ व्यास सिटीले सोमबार दमौलीमा आयोजना गरेको रक्तदान कार्यक्रममा २७ पिन्ट रगत सङ्कलन भएको छ । दमौली अस्पतालमा रगतको मागलाई पूर्ति गर्न लागि क्लवले विश्व शान्ति दिवसको अवसर पारेर रक्तदान कार्यक्रम गरेको हो ।

    क्लवका अध्यक्ष कुमार मल्लले नियमित रुपमा रक्तदानका कार्यक्रम नहुँदा रगतको अभाव हुन सक्ने र बिरामीलाई अप्ठ्यारो स्थिति आउने हुँदा रगत सङ्कलन गरिएको जानकारी दिनुभयो । क्लवका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रदीप मल्लले दमौलीमा खड्किरहेको रगतको अभावलाई मध्यनजर गर्दै हरेक वर्ष झै यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

    कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिका–२ का वडाध्यक्ष काशीराम श्रेष्ठले रक्तदान गर्दा स्वयं रक्तदातालाई पनि फाइदा हुने भएकाले बेला बेलामा रगत दान गर्नुपर्नेमा जोड दिनुभयो । ”रक्तदानले रगतको आवश्यकता खड्किएकालाई त ठूलो सहयोग पुग्छ नै, स्वयं व्यक्तिलाई पनि स्वस्थ रहन मद्दत पुग्छ,” श्रेष्ठले भन्नुभयो ।

    लायन्स क्लव अफ नेपाल ३२५ वि १ का पूर्व गर्भनर अशोककुमार श्रेष्ठले हरेक स्वस्थ मानिसले प्रत्येक तीन महिनामा रक्तदान गर्नुपर्ने बताउनुभयो । लायन्स क्लव अफ नेपाल ३२५ वि १ का रक्तदान विभाग प्रमुख बालकृष्ण शर्माले १७ वर्ष पूरा भई ६० वर्ष ननाघेका, नियमित औषधि सेवन नगरेका हरेक स्वस्थ मानिसले रक्तदान गर्न सक्ने जानकारी दिनुभयो ।

    Image may contain: 3 people, people sitting, shoes and outdoor

    स्वस्थ रहेको व्यक्तिले वर्षमा चार पटकसम्म रक्तदान गर्न सक्ने र त्यसले स्वयं व्यक्तिको शरीरलाई स्वस्थ राख्न सहयोग पुग्ने शर्माले बताउनुभयो । कोभिडको त्रासमा पनि लायन्स क्लव अफले गण्डकी प्रदेशका विभिन्न जिल्लामा रक्तदाताको मनोबल उच्च बनाई रक्तदानका कार्यक्रम हुँदै आएको शर्माले बताउनुभयो ।

    Image may contain: 4 people, people sitting, people standing and shoes

    क्लवका अध्यक्ष कुमार मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लव अफ नेपाल ३२५ वि १ का डेपुटी चिफ एड्भाइजर माधवबहादुर पन्त, क्लवका सचिव एकप्रसाद श्रेष्ठ लगायतले रक्तदानको महत्व बारे प्रकाश पार्नुभएको थियो ।