एक हप्तापछि खैरेनी स्वास्थ्यचौकीको सेवा शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक हप्तापछि खैरेनी स्वास्थ्यचौकीको सेवा शुरु

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    तनहुँ : एक हप्तादेखि बन्द रहेको शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडास्थित खैरेनी स्वास्थ्य चौकीको सेवा मङ्गलबारबाट शुरु भएको छ । गत भदौ अन्तिम साता स्वास्थ्य चौकीमा परीक्षण पश्चात पोखरा रिफर गरिएकी एक महिलामा पोखरामा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३१ गतेदेखि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको थियो ।

    ती महिलाको कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यचौकीका १४ कर्मचारीको सोमबार पिसीआर रिपोर्ट नेगेटिभ आएपछि सम्पूर्ण सेवा सुचारु गरिएको शुक्लागण्डकीका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो । “रिपोर्ट नेगेटिभ आइसकेकाले स्वास्थ्यचौकी सङ्क्रमणरहित गर्ने काम गरिसकिएको छ,” उहॉले भन्नुभयो, “आजबाट पूर्ववत सेवा सञ्चालन हुनेछ ।”