थप ११ कोरोना सङ्क्रमित निको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    थप ११ कोरोना सङ्क्रमित निको

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : तनहुँमा पछिल्लो २४ घण्टाको अवधिमा थप ११ कोरोना सङ्क्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय तनहुँका अनुसार शुक्लागण्डकी नगरपालिकाका तीन र ऋषिङ गाउँपालिकाका ८ जना सङ्क्रमित निको भएका हुन् ।

    स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार योसँगै जिल्लामा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या २ सय ७३ पुगेको छ । हालसम्म २ सय ३४ पुरुष र ३९ महिला कोरोनामुक्त भएका छन् । शुक्लागण्डकीमा तीन जना निको भएसँगै कोरोनामुक्त हुने २१ र ऋषिङमा ५६ जना पुगेका छन् । शुक्लागण्डकीमा अब ४१ र ऋषिङमा सक्रिय सङ्क्रमित ७ जना छन् ।

    मङ्गलबारसम्म जिल्लामा ४ सय ७ जनामा कोरोना पुष्टि भएको छ । १ सय ३० जना सङ्क्रमित सक्रिय छन् । भानु नगरपालिकाका ३०, व्यास नगरपालिकाका १५, शुक्लागण्डकी नगरपालिकाका ४१, भीमाद नगरपालिकाका एक, म्याग्दे गाउँपालिकाका ८, घिरिङ गाउँपालिकाका ७, देवघाट गाउँपालिकाका १४, बन्दीपुर गाउँपालिकाका ५ र आँबुखैरेनी गाउँपालिकाका ६ सक्रिय सङ्क्रमित छन् ।

    कार्यालयका अनुसार हालसम्म भानु नगरपालिकाका ८०, व्यास नगरपालिकाका ६२, शुक्लागण्डकी नगरपालिकाका ६२, भीमाद नगरपालिकाका १८, म्याग्दे गाउँपालिकाका २८, घिरिङ गाउँपालिकाका २८, ऋषिङ गाउँपालिकाका ६३, देवघाट गाउँपालिकाका १७, बन्दीपुर गाउँपालिकाका २६ र आँबुखैरेनी गाउँपालिकाका १२ जनामा कोेरोना सङ्क्रमण भएको थियो । जिल्लाका चार जनाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । हालसम्म ७ हजार ९ सय ५ स्वाब परीक्षण गरिएकामा ५ हजार ५ सय ५ स्वाबको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।