सामाजिक सेवा दिवसमा कोरोना सङ्क्रमितलाई फलफूल प्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सामाजिक सेवा दिवसमा कोरोना सङ्क्रमितलाई फलफूल प्रदान

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    तनहुँ : ४१ औं सामाजिक सेवा दिवसको अवसरमा दमौलीस्थित आइसोलेशनमा रहेका सङ्क्रमितलाई फलफूल वितरण गरिएको छ । गैरसरकारी संस्था महासङ्घ तनहुँ शाखाको आयोजना तथा इन्सेक लगायत विभिन्न सङ्घसंस्थाहरुको सहयोगमा दमौली अस्पतालद्वारा सञ्चालित आइसोलेशन कक्षमा रहेका कोरोना सङ्क्रमितलाई बुधबार फलफूल प्रदान गरिएको हो ।

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँ, ग्रामीण सशक्तीकरण समाज तनहुँ र संयुक्त दलित उत्थान मञ्च तनहुँको सहयोगमा फलफूल प्रदान गरिएको हो ।

    गैरसरकारी संस्था महासंघ तनहुँका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेश सदस्य रामलिला सुवर्णकार र इन्सेक प्रतिनिधि एवं गैसस महासङ्घका जिल्ला अध्यक्ष प्रकाशचन्द्र भट्टराईले दमौली अस्पतालका अध्यक्ष प्रदीपराज अधिकारीलाई फलफूल हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा ३० किलो स्याउ र ६ दर्जन केरा प्रदान गरिएको थियो ।

    ‘सामाजिक क्षेत्रः राष्ट्रिय गौरव आजको आवश्यकता, समृद्धि र सुखको लागि सामाजिक रुपान्तरण र उद्यमशिलता’ भन्ने मूल नाराका साथ कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै यस वर्षको समाजिक सेवा दिवस जिल्ला स्तरमा फलफूल वितरण गरेर मनाईएको गैसस महासङ्घका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

    दमौली अस्पतालका अध्यक्ष अधिकारीले दमौली अस्पतालद्वारा सञ्चालित आईसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई फलफूल प्रदान गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो । सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ तनहुँका सदस्य अनिल पाण्डे र पत्रकार राजकुमार श्रेष्ठको पनि सहभागिता रहेको थियो । सो आइसोलेशन कक्षमा हाल २२ जना कोरोना सङ्क्रमित छन् ।