मुनाल सहकारीद्धारा विद्यार्थीलाई स्विटर वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुनाल सहकारीद्धारा विद्यार्थीलाई स्विटर वितरण

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७७, शुक्रबार

    मुनाल सहकारीद्धारा विद्यार्थीलाई स्विटर वितरण
    दुलेगौँडाको मुनाल सहकारी संस्थाले विद्यार्थीलाई स्विटरण वितरण गरेको छ । शुक्लागण्डकी–१० भगवतीस्थित भगवती सेवा आधारभुत विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो । २३ जना विद्यार्थीलाई न्यानो स्विटर र शैक्षिक सामा्री दिएको सहकारीका अध्यक्ष प्रदिप थापाले बताउनुभयो । सहकारीको सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो स्विटर वितरण गरेको उहाँको भनाई छ ।
    गौतमबुद्ध मेडिकल फाण्डेसनका अध्यक्ष अञ्जन श्रेष्ठले सहकारीको काम उदाहरणिय भएको उल्लेख गर्नुभयो ।
    कार्यक्रममा विद्यालयको प्रधानध्यापक देवेन्द्र तिम्लिसिनाले सहयोगप्रति धन्यवाद दिनुभयो । सो कार्यक्रममा सहकारीका उपाध्यक्ष उमाकान्त ढकाल, ऋण उपसमिति सदस्य खड्कविक्रम खाँण, विद्यालयका संस्थापक अध्यक्ष धनबहादुर थापा लगायतले बोल्नुभएको थियो । सहकारीका सचिव भिमबहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सुभद्रा लम्सालले गर्नुभएको हो ।