तनहुँका दश वटै पालिकामा आज काङ्ग्रेसको विरोध सभा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका दश वटै पालिकामा आज काङ्ग्रेसको विरोध सभा

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७७, शनिबार

    तनहुँ : नेपाली कांग्रेसले आज तनहुँका दश वटै पालिकामा विरोध प्रदर्शन सहित सभा गर्ने भएको छ । संसद विघटन गर्ने सरकारको विरोधमा कांग्रेसले सबै पालिकामा विरोध कार्यक्रम गर्न लागेको हो ।

    विरोध कार्यक्रमलाई केन्द्रीय तथा जिल्लास्तरीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । व्यास नगर समितिले दमौलीमा गर्ने विरोधसभालाई केन्द्रीय सदस्य गोविन्द भट्टराईले सम्बोधन गर्ने नगर सचिव मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    गत पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय ५३ वटा पालिका र माघ ८ गते ७ सय ५३ पालिकाहरुका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन एवम् सभाको आयोजना गर्ने निर्णय गरेको थियो ।

    कांग्रेसले पुस २५ गते प्रदेशसभा निर्वाचन क्षेत्रमा र पुस १३ गते निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।