तनहुँ : तनहुँको व्यास नगरपालिका-४ स्थित व्यास युथ क्लवले कालिका मन्दिर क्षेत्रमा शनिबार सरसफाई गरेको छ। धार्मिक पर्यटकीय स्थलको रुपमा विकसित कालिका मन्दिर वरपर फोहर बढेपछि क्लवले सरसफाई गरेको हो ।
सामाजिक कार्यमा अग्रसर रहँदै आएको क्लवले यस क्षेत्रमा नियमित रुपमा सरसफाई गर्दै आएको क्लवका अध्यक्ष मिनबहादुर गुरुङ (चरी) ले जानकारी दिनुभयो ।
क्लवका सचिव मनोज राउतका अनुसार सरसफाईका क्रममा सिरिन्ज पनि फेला परेको छ । “युवाहरुले लागुऔषध प्रयोग गर्ने क्षेत्रका रुपमा यसलाई प्रयोग गरेको देखियो, सम्बन्धित निकायसँग समन्वय गरी यसका विरुद्ध पनि काम गर्छौ,” उहॉले भन्नुभयो ।