घरेलु महासङ्घमा रत्नकुमार, महिला उद्यमीमा कल्पना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घरेलु महासङ्घमा रत्नकुमार, महिला उद्यमीमा कल्पना

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७७, शनिबार

    तनहुँ : नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँको अध्यक्षमा रत्नकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न महासङ्घको २१ औं अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

    अधिवेशनबाट महासङ्घको वरिष्ठ उपाध्यक्षमा बलराम घिमिरे, उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महासचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमुरारी मिश्र र सदस्यहरुमा सीता खनाल, निरु भुजेल, शान्ति कुंवर, सीता अधिकारी, धनमाया राना, हर्षमान श्रेष्ठ (साइराम), धनमाया पौडेल, सरु कुमाल, विष्णुकुमार श्रेष्ठ, पार्वती महत, रन्जु थापा श्रेष्ठ, सङ्गिता उचाई चयन हुनुभएको छ । त्यस्तै केन्द्रीय प्रतिनिधिमा बमबहादुर थापा, रोहिणीराज लौडारी, मछिन्द्रादेवी श्रेष्ठ र रामजी लौडारी चयन हुनुभएको छ ।

    महिला उद्यमीमा कल्पना
    अधिवेशनबाट महिला उद्यमी विकास समितिको अध्यक्षमा कल्पना गौली सर्वसम्मत निर्वाचित हुनुभएको छ । जसको वरिष्ठ उपाध्यक्षमा कृष्णकुमारी रानाभाट, उपाध्यक्षमा सपना श्रेष्ठ, महासचिवमा सिर्जना कोइराला, कोषाध्यक्षमा धनमाया पौडेल र सदस्यहरुमा जानकी थापा, कल्पना थापा, खिरमती मगर, तुलसी साह, धनमाया राना, शर्मिला विक, विमला श्रेष्ठ र भवि दुरा चयन हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा बसुन्धरा घर्ती, उमा श्रेष्ठ, अस्मिता खनाल र सरस्वती श्रेष्ठ चयन हुनुभएको छ ।