व्यास नगरपालिकामा ३२ प्रतिशत योजना सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकामा ३२ प्रतिशत योजना सम्पन्न

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७७, आईतवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३२ प्रतिशत योजना सम्पन्न भएको छ । चालु आर्थिक वर्ष ०७७÷७८ मा उपभोक्ता समितिमार्फत् सञ्चालन गरिएका योजनामध्ये २ सय ८२ योजना सम्पन्न भएको हो ।

    नगरपालिकाले चालु आर्थिक वर्षमा ८ सय ७० योजना उपभोक्ता समितिमार्फत् सञ्चालन गर्दैछ । कूल योजनामध्ये ६१ प्रतिशत योजनाको सम्झौता भइसकेको शहरी पूर्वाधार विकास उपशाखा प्रमुख डा. राजु पौडेलले जानकारी दिनुभयो ।

    व्यास नगरपालिका–१ मा ६० योजना रहेकामा ६८ प्रतिशत सम्झौता र ३६ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–२ मा २७ योजना रहेकामा ७० प्रतिशत सम्झौता र ४८ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–३ मा ४५ योजना रहेकामा ५५ प्रतिशत सम्झौता र २६ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–४ मा ३८ योजना रहेकामा ६८ प्रतिशत सम्झौता र ४७ प्रतिशत योजना सम्पन्न भएको छ ।

    व्यास नगरपालिका–५ मा ६२ योजना रहेकामा ५८ प्रतिशत सम्झौता र २२ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–६ मा ६८ योजना रहेकामा ६२ प्रतिशत सम्झौता र २१ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–७ मा ६० योजना रहेकामा ७६ प्रतिशत सम्झौता र ४० प्रतिशत सम्पन्न, व्यास नगरपालिका–८ मा ८१ योजना रहेकामा ५० प्रतिशत सम्झौता र ४२ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–९ मा ८८ योजना रहेकामा ६१ प्रतिशत सम्झौता र ३१ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–१० मा ७८ योजना रहेकामा ७० प्रतिशत सम्झौता र ४२ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–११ मा ७४ योजना रहेकामा ६६ प्रतिशत सम्झौता र ३२ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–१२ मा ६६ योजना रहेकामा ३७ प्रतिशत सम्झौता र १६ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–१३ मा ५९ योजना रहेकामा ७० प्रतिशत सम्झौता र ४८ प्रतिशत सम्पन्न, व्यास नगरपालिका–१४ मा ५० योजना रहेकामा ६८ प्रतिशत योजना सम्झौता र ३६ प्रतिशत योजना सम्पन्न भएको छ ।

    त्यस्तै ठेक्का मार्फत् सञ्चालन हुने योजनामध्ये १३ वटा योजना सम्पन्न भएका छन् भने ३१ योजना सम्झौता भएर कार्यान्वयनको चरणमा छ । गत आर्थिक वर्ष ०७६÷७७ का २५ र चालु आर्थिक वर्ष ०७७÷७८ का ३८ योजना यसै वर्ष सञ्चालन गरिएको छ । कोभिडका कारण गत वर्ष सम्पन्न हुन नसकेका योजनालाई नगरपालिकाले यस वर्ष स्थानान्तरण गरेको थियो ।

    साढे पाँच किमि सडक कालोपत्रे

    यस अवधिमा नगर क्षेत्रभित्र साढे पाँच किमि सडक कालोपत्रे गरिएको छ भने साढे चारा किमि नाला निर्माण सम्पन्न भएको छ । दमौली केशवटार मार्ग अन्तर्गत केशवटार बजारमा ६६७ मिटर सडक कालोपत्रे र ६५० मिटर नाला, दमौली केशवटार मार्ग अन्तर्गत पोखरीभञ्ज्याङ बजारमा ८०१ मिटर सडक कालोपत्रे र ६९१ मिटर नाला, क्यामिन मार्गमा ८६५ मिटर सडक कालोपत्रे र ४२५ मिटर नाला, कलेस्ती मार्गमा ११८० मिटर सडक कालोपत्रे र ११६० मिटर नाला, वडा कार्यालय पहुँच मार्ग व्यास १० मा ७९० मिटर सडक कालोपत्रे र ४८२ मिटर नाला निर्माण सम्पन्न भएको छ ।

    त्यस्तै छिर्कन वडा कार्यालय मार्गमा ४०५ मिटर सडक कालोपत्रे र ४१६ मिटर नाला, कमलबारी वडा कार्यालय मार्गमा ५५२ मिटर सडक कालोपत्रे र ५४४ मिटर नाला, माहेन्द्री मार्गमा ३०० मिटर सडक कालोपत्रे र २९७ मिटर नाला र तालघरे दुम्सीचौर मार्गमा ३८८ मिटर सडक कालोपत्रे र २४६ मिटर नाला निर्माण सम्पन्न भएको छ ।

    शहरी पूर्वाधार विकास उपशाखा अन्तर्गत मादी उपत्यका एकीकृत नदी विकास आयोजनाको अध्ययनका लागि गरिएको टेण्डर आह्वान पश्चात् परामर्शदाता कम्पनीसँग सम्झौता गरी काम शुरु गरिएको डा. पौडेलले जानकारी दिनुभयो । सङ्घीय सरकारको विशेष अनुदान मार्फत् स्वीकृत रु तीन करोडमा देवीडाँडा चिसापानी लिफ्टिङ खानेपानी आयोजना रु रु दुई करोडको कमेरेपानी साँधखोला खानेपानी आयोजनाको टेण्डर आह्वान गरिएको छ ।

    “योजना सङ्ख्या धेरै, ठोस काम देखिने ठूला योजना बनाउनुपर्ने, नगरसभामा आएका योजना कार्यान्वयनतर्फ भन्दा बोर्ड बैठक मार्फत् आउने योजनाको चाप बढी भएका कारण समस्या भएको छ,” डा. पौडेलले भन्नुभयो, “स–साना योजनाहरु पनि सम्झौता गर्ने तर काम शुरु नगर्ने प्रवृत्ति उस्तै छ ।”

    ६ महिनामा २५३ नक्सापास

    नगरपालिकामा ६ महिनाको अवधिमा दुई सय ५३ वटा नक्सापास भएको छ । भूमि व्यवस्थापन तथा भवन इजाजत उपशाखाले यस अवधिमा एक सय ८५ प्रथम चरणको अस्थायी नक्सापास र दुई सय २३ वटा दोस्रो चरणको स्थायी नक्सापास गरेको छ । अन्तिम चरणको नक्सापास सङ्ख्या दुई सय ८५ छ । त्यस्तै २५ घरकायम दर्ता, २२ घरकायम सम्पन्न, १८ साधारण स्वीकृती, ७० नामसारी, ६ सम्पत्ति मूल्याङ्कन र ९२ नक्सा नविकरण भएका छन् ।