पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार महासङ्घद्वारा विभिन्न पुरस्कारको निर्णय

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७७, आईतवार

    तनहुँ : नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले शाखाका छ जना पूर्व अध्यक्षलाई विभिन्न पुरस्कार दिने निर्णय गरेको छ । शाखाको आइतबार सम्पन्न बैठकले महासङ्घमा स्थापित सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार, टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार र भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार पूर्व अध्यक्षहरुलाई प्रदान गर्ने निर्णय गरेको हो ।

    सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बर बहादुर अधिकारीलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु पाँच हजार रहेको छ । टिकानिधी ढुङ्गाना पत्रकारिता पुरस्कार–२०७५ विश्वबन्धु भण्डारी र २०७६ प्रदीप काफ्लेलाई प्रदान गर्ने निर्णय भएको शाखाका सचिव उज्ज्वल पौडेलले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ । यसैगरी भर्लेली केबलबहादुर स्मृति पत्रकारिता पुरस्कार प्रेमप्रसाद पौडेललाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी रु दश हजार रहेको छ ।

    तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याए बापत उहाँहरुलाई पुरस्कृत गर्न लागिएको हो । माघ १३ गते आयोजना हुने शाखाको साधारणसभाको अवसरमा उक्त पुरस्कारहरु प्रदान गरिने महासङ्घका अध्यक्ष ओमकार आचार्यले जानकारी दिनुभयो । बैठकले शाखाको साधारणसभाको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । शाखाका उपाध्यक्ष नारायण खड्काको संयोजकत्वमा मञ्च व्यवस्थापन, उपाध्यक्ष सोनी शर्माको संयोजकत्वमा स्वागत तथा सम्मान, सचिव उज्ज्वल पौडेलको संयोजकत्वमा प्रचारप्रसार र कोषाध्यक्ष प्रताप रानाको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।