विद्युत प्राधिकरण तनहुँका कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    विद्युत प्राधिकरण तनहुँका कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०७७, सोमबार

    तनहुँ : नेपाल विद्युत प्राधिकरण, तनहुँ वितरण केन्द्रका कर्मचारीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आँबु प्रशाखामा कार्यरत कर्मचारी कृष्ण आलेविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो।

    आलेले काम गरिदिएबापत गैरकानूनी रूपमा घुस माग गरेका थिए। सो सूचना पाएपछि पोखराबाट खटिएको अख्तियार टोलीले उनलाई ५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। 

    अनुसन्धान गर्दा आलेले पोल तथा तारहरू मर्मत गरेबापत बुझाउनुपर्ने रकमबाहेक ५ हजार घुस लिएको पाएको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताउनुभयाे । उनीविरूद्ध बिगो रकम कायम गरी तीन महिना कैद सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको हो।