संवैधानिक इजलासमा बुधबारदेखि बहसका लागि समय निर्धारण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संवैधानिक इजलासमा बुधबारदेखि बहसका लागि समय निर्धारण

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, बुधबार

    काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइका क्रममा बुधबारदेखि बहसका लागि समय निर्धारण गरिएको छ। गत आइतबारदेखि नियमित सुनुवाइ हुन थालेको सो मुद्दामाथि  बहसका लागि कुनै समय निर्धारण गरिएको थिएन। जसकारण कतिपय वरिष्ठ अधिवक्ता/अधिवक्ताले घण्टौं समय बहसमै बिताउने गरेका थिए। बहसमा ढिलाइ भएपछि अदालतको फैसला कहिले आउला भन्ने चासो व्यक्त भएको थियो।