तनहुँ : तनहुँ सुनचाँदी व्यवसायी सङ्घले नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई स्वागत एवं सम्मान गरेको छ । आइतबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी सङ्घले नवनिर्वाचित समितिलाई स्वागत एवं सम्मान गरेको हो ।
महासङ्घको सातौ र आठौ साधारणसभा तथा तेस्रो महाधिवेशनबाट केन्द्रीय सचिवमा सङ्घका पूर्व जिल्ला अध्यक्ष केशबहादुर सुनार, केन्द्रीय सदस्यमा पूर्व अध्यक्ष तेजबहादुर विक, वर्तमान अध्यक्ष कृष्ण सुनार निर्वाचित हुनुभएको थियो । त्यस्तै गण्डकी प्रदेशको प्रथम महाधिवेशनबाट सदस्यमा सङ्घका जिल्ला सचिव हरि गहतराज, सहकोषाध्यक्षमा सङ्घका कोषाध्यक्ष पूर्ण बहादुर विक र एशोसिएट सदस्यमा सङ्घका साधारण सदस्य विकास सदाशङ्कर निर्वाचित हुनुभएको थियो ।
कार्यक्रममा सहभागीले नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।