तनहुँ : डेढ लाख घुस लिने तनहुँका सवइन्जिनियर सुरेन्द्र अधिकारी विरुद्ध विशेष अदालतमा मुद्धा दायर भएको छ। अख्तियारको टोलीले अधिकारी विरुद्ध विशेष अदालतमा मङ्गलबार मुद्धा दायर गरेको हो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अन्तर्गत कार्यरत सव-इन्जिनियर अधिकारीले आफ्नो कार्यक्षेत्र भित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिए बापत अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखराको टोलीले अधिकारीलाई पक्राउ गरेको थियो ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएकोले निज अधिकारीलाई बिगो रु डेढ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
फाइल तस्वीर