सहिद दिवसमा व्यास नगरपालिकामा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सहिद दिवसमा व्यास नगरपालिकामा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सहिद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिदै आएको सार्वजनिक बिदा केही वर्षयता कटौति भएको सन्दर्भ र व्यास नगरपालिकाले सोही अवसरमा हरेक वर्ष अल्ट्रा म्याराथन गर्दै आएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

    Image may contain: text that says 'व्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय संख्या: २०७७০७ चलानी नम्वर: 3322 दमीली, गण्डकी प्रदेश, नेपाल २०७३ मिति: २०७७१०1१५ हरेक वर्ष माघ १६ गते मनाउदै आइएको शहिद दिवसको अवसरमा नेपाल सरकारद्वारा प्रदान गरिदै आएको सार्वजनिक विदा केही वर्पयता कटौति भएको यस नगरपालिकादारा अवसरमा व्यास नगरपालिका वडा नं.ए को मानहंकोटदेखि व्यास नगरपालिका वडा नं.5 को पुलिमराड्सम्म खुला अल्ट्रा म्याराथन प्रतियोगिता समेत आयोजना गर्दे आएको परिप्रेक्ष्यमा शहिदहरुको सम्मान स्वरुप आगामी २०७७ माघ गतेका दिन नगरपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहर, स्वास्थ्य संस्था सम्पूर्ण सामुदायिक निजी शैक्षिक संस्थाहरुमा नगरपालिकादारा सार्वजनिक बिदा निर्णय भएको व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ अधिकृत प्रतिरोधी सुम्भावित परकोपवाट'

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बिहीबार सूचना जारी गर्दै व्यास नगरपालिका–५ मानुङदेखि वडा नं ८ को पुलिमराङसम्म आयोजना हुने म्याराथनको परिप्रेक्ष्यमा सहिदको सम्मान स्वरुप सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था एवं सम्पूर्ण सामुदायिक तथा निजी शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गर्नुभयो ।