तनहुँमा तीन दिनमा लगाए ५ सय ४८ ले कोभिड खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा तीन दिनमा लगाए ५ सय ४८ ले कोभिड खोप

    खबरपुञ्ज संवाददाता

    १५ माघ २०७७, शुक्रबार

    तनहुँ : तनहुँमा तीन दिनको अवधिमा ५ सय ४८ स्वास्थ्यकर्मीले कोभिड विरुद्धको खोप लगाएका छन् । खोप अभियानको तेस्रो दिनसम्म जिल्लाका विभिन्न स्थानीय तहका ५ सय ४८ जनाले कोभिड विरुद्धको खोप लगाएका हुन् ।

    शुक्रबार घिरिङ गाउँपालिकाका ६०, भीमाद नगरपालिकाका ५८ र शुक्लागण्डकी नगरपालिकाका १ सय १७ जनाले कोभिड विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

    खोप अभियानको पहिलो दिन एक सय चार र दोस्रो दिन दुई सय ९ जनाले खोप लगाएको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माघ १९ गतेसम्म जिल्लाका १ हजार ६ सय ७९ स्वास्थ्यकर्मीलाई खोप लगाइँदैछ । खोप लगाउनका लागि दमौलीमा तीन वटा खोप केन्द्र तोकिएको छ ।

    अधिकारीका अनुसार व्यास नगरपालिकाका ५ सय ५८, म्याग्दे गाउँपालिकाका ८२, ऋषिङ गाउँपालिकाका ९८, शुक्लागण्डकी नगरपािलकाका २ सय ६७, भीमाद नगरपालिकाका १ सय ७७, घिरिङ गाउँपालिकाका ६१, भानु नगरपालिकाका १ सय ७१, आँबुखैरेनी गाउँपालिकाका ७३, बन्दीपुर गाउँपालिकाका १ सय ५ र देवघाट गाउँपालिकाका ८७ जनालाई खोप लगाइँदैछ ।