अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७७, शनिबार

    तनहुँ : अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासका लागि श्रोत केन्द्र (रिसेड)ले तनहुँ जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुलाई विभिन्न प्रकारका सहयोगी तथा सरसफाईका सामग्री वितरण गरेको छ ।

    रिसेडले दुई जना अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई दिसापिसाब गराउन सजिलो हुने ट्वाइलेट चियर, २२ जना अपाङ्गता भएका महिलालाई स्यानीटरी प्याड, २८ जना अति तथा पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिलाई विभिन्न साइजका डाइपर र २४ जनालाई सरसफाईका लागि स्यानीटाइजर र दुई जनालाई वैशाखी वितरण गरेको हो ।

    राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ र गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले अपाङ्गता भएका व्यक्तिहरुलाई उक्त सामग्री शनिबार वितरण गर्नुभयो । सो अवसरमा उहाँहरुले रिसेडले कोभिडबाट प्रभावित भएका अपाङ्गता भएका व्यक्तिहरुलाई गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

    ट्वाइलेट चियर पाउनुभएका धर्म बहादुर अधिकारीले निरन्तर अरुको सहयोगमा शौच गर्नुपर्दा ज्यादै असजिलो भएकामा अब ट्वाइलेट चियर पाएपछि आफ्नो सरसफाई तथा स्वास्थ अझ राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकी प्रदेश तथा युएनएफपिएको सहयोगमा सो सामग्री वितरण गरिएको रिसेडका अध्यक्ष पदम परियारले जानकारी दिनुभयो ।