संसद विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट बहस आजदेखि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसद विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट बहस आजदेखि

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    काठमाडौँ : प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट आज (सोमबार)देखि बहस हुने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरू भएको १३ औँ दिन हिजो(आइतबार) रिट निवेदकका तर्फबाट बहस सकिएको पछि आजदेखि सरकारका तर्फबाट बहस हुनेछ।

    १३ जना रिट निवेदकका तर्फबाट आजसम्म रिट निवेदक र कानुन व्यवसायी गरी ६८ जनाले बहस गरेका छन्। हिजोको बहसमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रतिनिधिसभा विघटन गर्नु राजनीतिक प्रश्न नभएको हुँदा अदालतले संविधानको उचित तरिकाले व्याख्या गर्नुपर्ने तर्क राख्नुभयो ।

    खनालले प्रधानमन्त्रीको लिखित जवाफमा प्रतिनिधिसभा विघटनको यो धाराबाट गरिएको भन्ने कुनै पनि धारा उल्लेख नगरिएको तर्क गर्नुभएको थियो ।