प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दर्ता, ताेकियाे पेशी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा अवहेलना मुद्दा दर्ता, ताेकियाे पेशी

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    काठमाडाै : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वाेच्च अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । रिट निवेदक समीर हायुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका सर्वोच्चका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयाे ।

    विभिन्न सार्वजनिक कार्यक्रममा प्रचण्डले सर्वाेच्चभन्दा ठूलो अदालत जनता भएको अभिव्यक्ति दिँदै अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन विरुद्धको सुनुवाइ प्रभावित गर्न खोजेको आरोप लाग्ने गरेको छ । प्रचण्ड विरुद्धको मुद्दाको पेशी भोलि मंगलवारका लागि तोकिएको छ ।