कोभिड खोप अभियान सकियो : कुन स्थानीय तहका कतिले लगाए ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोभिड खोप अभियान सकियो : कुन स्थानीय तहका कतिले लगाए ?

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    तनहुँ : कोभिड विरुद्धको खोप अभियान सोमबारबाट सकिएको छ । माघ १४ गतेदेखि शुरु अभियानका क्रममा तनहुँमा एक हजार २ सय पाँच जनाले कोभिड खोप लगाएका छन् ।

    जिल्लास्थित सरकारी स्वास्थ्य संस्था, निजी स्वास्थ्य संस्था, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायतले कोभिड खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

    स्वास्थ्य कार्यालयका कोल्डचेन असिस्टेन्ट वीरेन्द्रकुमार चौधरीका अनुसार खोप अभियानको अन्तिम दिन सोमबार ८६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । यस अवधिमा व्यास नगरपालिकाका तीन सय २७, म्याग्दे गाउँपालिकाका ५५, ऋषिङ गाउँपालिकाका ६५, शुक्लागण्डकी नगरपालिकाका एक सय ४२, भीमाद नगरपालिकाका एक सय २३, घिरिङ गाउँपालिकाका ५७, भानु नगरपालिकाका एक सय २८, बन्दीपुर गाउँपालिकाका एक सय १६, आँबुखैरेनी गाउँपालिकाका ५८ र देवघाट गाउँपालिकाका एक सय ३४ जनाले खोप लगाएका छन् । खोप लगाएकाहरुलाई हालसम्म जटिल किसिमको लक्षण देखा नपरेको कार्यालयले जनाएको छ ।