व्यास नगरपालिकामा करको दायरा र दर पुनरावलोकन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकामा करको दायरा र दर पुनरावलोकन हुने

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाले विभिन्न करको दायरा विस्तार एवं करहरुको दर पुनरावलोकन गर्ने भएको छ । सोमबार सम्पन्न नगर कार्यपालिकाको बैठकले करको दायरा र दर पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

    त्यसका लागि मस्यौदा प्रस्ताव तयार गरी आगामी नगरसभामा पेश गर्ने कार्यका लागि आवश्यक गृहकार्य गरी माघ २३ गतेभित्र प्रतिवेदन पेश गर्न स्थानीय राजश्व परामर्श समितिलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम सञचालन प्रकृया २०७७ बमोजिम नगरपालिकामा धान प्रबद्र्धन कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रम सञ्चालन गर्नका लागि वडा नं ५ र ६ का जग्गाहरु समेट्ने गरी एउटा क्लष्टर र वडा नं ७, ९ र १० का जग्गा समेट्ने गरी अर्को क्लष्टर गरी दुई वटा क्लष्टर निर्धारण गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य साथ वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको संयोजकत्वमा सात सदस्यीय कृषि सहजीकरण समिति गठन गरिएको छ ।

    नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले अपाङ्गता भएका व्यक्तिको परिचयपत्र वितरण कार्यविधि २०७५ लाई संशोधन गर्ने निर्णय गरेको छ ।