पाैडेलद्वारा आफैले शिलान्यास गरेकाे पुलकाे उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    पाैडेलद्वारा आफैले शिलान्यास गरेकाे पुलकाे उद्घाटन

    खबरपुञ्ज संवाददाता

    २० माघ २०७७, बुधबार

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले आफैले शिलान्यास गरेकाे पुलकाे उद्घाटन गर्नुभएकाे छ । ऋषिङ गाउँपालिकाले निर्माण गरेकाे पक्की पुलकाे पाैडेलले बुधबार उद्घाटन गर्नुभएकाे हाे ।

    ऋषिङ गाउँपालिका-४ स्थित ढाक्रेखाेलामा रु चार करोड लागतमा पुल निर्माण गरिएको थियो । उक्त पुलको विसं २०७५ चैत पहिलो साता नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पौडेलले नै शिलान्यास गर्नुभएको थियो ।

    पुल उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमै रोजगारी सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता रहेकामा जोड दिनुभएको छ । वरिष्ठ नेता पौडेलले उद्यमशीलता विकासमा राज्यको सेवा र टेवा सहित घर–घरमा रोजगारीको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

    वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको व्यवस्था नहुँदा युवा शक्ति पलायन हुनुपरेको उल्लेख गर्दै युवा शक्ति रोक्नका लागि गाउँमै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । “आज जनताको आवश्यकता गाउँ गाउँमा विकास निर्माण हो,” उहाँले भन्नुभयो । वरिष्ठ नेता पौडेलले गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पु¥याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनुपर्ने बताउनुभयो ।

    राजनीतिक प्रसङ्गमा बोल्दै वरिष्ठ नेता पौडेलले अदालतले विघटित संसद पुनस्र्थापना गरेरै छाड्ने विश्वास व्यक्त गर्नुभयो । संसद पुनस्र्थापनाको एकमात्र आशा अदालतमा रहेकाले अदालतले संविधानबमोजिम नै फैसला सुनाउने पौडेलको जिकिर थियो ।

    कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, झुलबहादुर आले, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ लगायतले पुल निर्माण भएसँगै सर्वसाधारणलाई सहज हुने बताउनुभयो ।