तनहुँ : बिहीबार आयोजना गरिएको नेपाल बन्दको पूर्व सन्ध्यामा नेकपा दाहाल–नेपाल समूहका कार्यकर्ताले बुधबार साँझ दमौलीमा मसाल जुलुस निकालेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय अगाडीबाट निकालिएको मसाल जुलुसका क्रममा प्रहरी र कार्यकर्ताबीच धकेलाधकेल समेत भएको थियो ।
ट्राफिक चोकसम्म पुगेका उक्त समूहका कार्यकर्ताले नाराबाजी सहित अनसनचोकमा आएर कोणसभा गरेका थिए । कोणसभामा नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, व्यास नगर कमिटी अध्यक्ष श्रीराम कार्की लगायतले प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध आयोजित नेपाल बन्द सफल बनाउन आह्वान गर्नुभयो ।