तनहुँ : विघटित प्रतिनिधिसभा सांसद कृष्णकुमार श्रेष्ठले तनहुँकाे भानु नपा–६ बरभन्ज्याङका ४३ वर्षीय तिलबहादुर दुरालाई निशुल्करुपमा अक्सिजन ट्रान्सलेटर मेसिन उपलब्ध गराउनुभएकाे छ । श्वास प्रश्वास सम्बन्धी समस्या भई नियमित रुपमा अक्सिजन दिईरहनुपर्ने दुराको परिवारको अनुरोध पछि श्रेष्ठले रु ७० हजार मेशिन उपलब्ध गराउनुभएकाे हाे।
श्रेष्ठले दुराको घरमा गई निशुल्क रुपमा उक्त मेशिन हस्तान्तरण गर्नुभएकाे छ । आर्थिक अवस्था कमजाेर दुरा लामो समयदेखि श्वास प्रश्वास सम्बन्धी समस्याबाट ग्रस्त हुनुहुन्छ । नियमित रुपमा अक्सिजन लगाउनुपर्ने भएपनि आर्थिक अभावको कारण नियमित अस्पताल जान नसक्ने दुराको परिवारले सहयोग गर्न निवर्तमान सांसद श्रेष्ठलाई अनुरोध गरेकाे थियाे ।