तनहुँ : दमौलीबाट बिहीबार बिहान पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ । दमौलीस्थित मुख्यचोकबाट बिहान पक्राउ पर्नुभएका नेपाल कम्युनिष्ट (नेकपा) का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ सहितका १६ कार्यकर्ता साँझ पाँच बजेपछि रिहा हुनुभएको हो ।
राजमार्गमा अवरोध गरेको भन्दै प्रहरीले नेकपाका नेताहरु अतिन्द्रकेशरी न्यौपाने, ओमराज आले, विष्णुभक्त सिग्देल, श्रीराम कार्की, रामचन्द्र सापकोटा, इश्वर बस्याल लगायतका नेतालाई पक्राउ गरेको थियो ।