हिजो जनतालाई लुट्ने काम भयो, सरकारले क्षतिपूर्ति दिन्छ : ईश्वर पोखरेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हिजो जनतालाई लुट्ने काम भयो, सरकारले क्षतिपूर्ति दिन्छ : ईश्वर पोखरेल

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०७७, शुक्रबार

    काठमाडौं : नेकपा ओली समूहका सचिवालय सदस्य एवम् उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालबाट पुगेको क्षति सरकारले दिने बताउनुभएकाे छ ।

    ‘हिजो एउटा ट्याक्सी चालक, जसले जसोतसो गुजारा चलाउनुभएको थियो । उहाँमाथि सांघातिक हमला, तोडफोड र आगजनी गरियो । म यही सभाबाट भन्न चाहन्छु, केपी ओली सरकारले त्यो सम्पूर्ण क्षतिपूर्तिको व्यवस्था गर्नेछ’, पोखरेलले भन्नुभयाे । उहाँले हड्तालका क्रममा क्षति पुगेका सबैको क्षतिपूर्ति समेत दिने बताउनुभयाे ।

    ‘हिजो आततायीहरुबाट जनतालाई दुःख दिने, जनतालाई हिजो लुट्ने काम भयो, त्यो सम्पूर्ण क्षति दिन्छौं’, पोखरेलले भन्नुभयाे । उहाँले आफ्नो लडाइँ अराजकता, अस्थिरता र आर्थिक विकास हुन नदिनेहरुका विरुद्ध भएको बताउनुभयाे ।