जसपा र नेपाल लोकतान्त्रिक पार्टी समायोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जसपा र नेपाल लोकतान्त्रिक पार्टी समायोजन

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०७७, शुक्रबार

    तनहुँ : जनता समाजवादी पार्टी र नेपाल लोकतान्त्रिक पार्टी तनहुँ कार्यसमितिको शुक्रबार समायोजन भएको छ । पूर्वमन्त्री शिवलाल थापा केन्द्रीय अध्यक्ष रहेको उक्त पार्टीको तनहुँ समिति र जसपाबीच एकता घोषणा गरिएको हो ।

    एकता पश्चात् पार्टीको ७५ सदस्यीय जिल्ला समिति घोषणा गरिएको छ । उक्त पार्टीको अध्यक्षमा कृष्णबहादुर गुरुङ चयन हुनुभएको छ ।

    एकता घोषणा कार्यक्रमलाई पूर्वमन्त्री शिवलाल थापा, देवेन्द्र थापा, कृष्ण घिमिरे, पानबहादुर घर्ती लगायतले सम्बोधन गर्नुभएको थियो।

    कार्यक्रममा करिब दुई सय भन्दा बढी कार्यकर्ताको सहभागिता रहेको  जनता समाजवादी भानु नगरपालिकाका अध्यक्ष नारायणबावु लोहनीले जानकारी दिनुभयो ।