काठमाडाै : सामाजिक संजालहरु र बिशेष गरि युट्युवमा चर्चामा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ । शुक्रबार श्रीमान श्रीमतीको रुपमा एक अर्कामा स्वीकार गर्दै गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्यालयमै पुनर्मिलन गराइएको हो ।
वडा अध्यक्ष भेषराज पाण्डेले राहुल र स्मितालाई खादा लगाइदिएर पनर्मिलन भएको घोषणा गर्दै शुभकामन दिनुभयाे । करिब १० बर्षदेखि भारतीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उहाँका परिवार र छोरीसेमेतलाई छाडेर सामाजिक संजालमा परीचय भएका नारायण नाम गरेका एक युवकसँग भागेकी थिइन् ।
वडा अध्यक्ष भेजराज पाण्डेले आफ्नै वडाको घटना भएकाले राहुल र स्मिताका साथै उनका दुवै तर्फको परीवारको समहततिमा आफूले उनीहरुको पुनर्मिलनका लागि सहजिकरण गरेको बताउनुभयाे । अध्यक्ष पाण्डेले भन्नुभयो, ‘बिषेशगरी उहाँहरुको बच्चाका लागि पुनरमिलन गराएको हौँ, हामीले देखाउनका लागि मात्रै की मनबाटै हो ? भनेर दुवैलाई सोध्दा दुवैबाट स्वीकारगर्न राहुल र स्मिता मन्जुर भए, त्यसपछि हामिले पुनर्मिलन गरायौँ।’