काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, दिउँसोको समयमा गर्मी बढ्ने अनुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस, दिउँसोको समयमा गर्मी बढ्ने अनुमान

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७७, आईतवार

    काठमाडौ : हिमपातका कारण काठमाडौ सहितका देशका धेरै ठाउँमा चिसो छ । हिजो काठमाण्डौसहित धेरैजसो उच्च पहाडी र हिमाली जिल्लामा हिमपात भएको थियो । 

    काठमाण्डौ उपत्यका वरपरका शिवपुरी, चन्द्रागिरी, फूलचोकीसहित नगरकोट क्षेत्रमा हिजो हिउँ परेको छ । मकवानपुरको दामन र पालुङ, दोलखाको कालीन्चोकसहित गौरीशङ्कर संरक्षण क्षेत्रका विभिन्न ठाउँ र सिन्धुपाल्चोकका हिमाली क्षेत्रमा पनि हिउँ परेको छ । 

    सुदूरपश्चिमका हिमाली जिल्लामा भने गएको बिहीवार, शुक्रवारदेखि नै हिमपात सुरु भएको थियो । पश्चिमी वायुको प्रभावका कारण हिमपात र केही ठाउँमा हल्का वर्षा भएको मौसमविद्ले बताएका छन् । 

    आज काठमाण्डौको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन गरिएको छ । अहिले चिसो भए पनि तापक्रम बिस्तारै बढ्दै जाने मौसमविद् सजिना शाक्यले बताउनुभयो । 

    उहाँकाअनुसार अब केही दिन उपत्यकासहित देशका धेरै ठाउँमा दिउँसोको समयमा गर्मी बढ्ने अनुमान गरिएको छ । तर, अहिले बाक्लो हिमपात भएको ठाउँ र तराईका केही जिल्लामा भने केही दिन चिसो नै हुने उहाँले बताउनुभयो ।