काठमाडौं : नेकपा ओली समूहले राष्ट्रिय युवा संघको संयोजकबाट रामप्रसाद सापकोटा दीपशिखालाई हटाएको छ । ललितपुरको च्यासलमा जारी बैठकले दीपशिखालाई संयोजकबाट हटाएको हो ।
प्रचण्ड–माधव समूहमा लागेको संयोजकलाई हटाउन सहसंयोजक रमेश पौडेलको अध्यक्षतामा बैठक बसेको थियो । बैठक अहिले पनि जारी छ । तर, नयाँ नेतृत्व कसरी चयन गर्ने भन्ने सहमति जुट्न सकेको छैन ।
किरण पौडेल, बचन सिंह र प्रभातविक्रम कटवालले पनि नेतृत्वमा दाबी गरेपछि नयाँ नेतृत्व चयन हुन भने सकेको छैन । ‘