युथ काङ्ग्रेसद्वारा शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युथ काङ्ग्रेसद्वारा शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७७, आईतवार

    तनहुँ : युथ काङ्ग्रेस नेपाल तनहुँले व्यास नगरपालिका–६ स्थित इन्दु माध्यमिक विद्यालयका विद्यार्थीलाई आइतबार शैक्षिक सामग्री प्रदान गरेको छ । विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई युथ काङ्ग्रेसले शैक्षिक सामग्री वितरण गरेको हो ।

    विद्यालयका ४५ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको युथ काङ्ग्रेस तनहुँका संयोजक राजेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । जन्मदा आर्थिक रुपमा विपन्न भएपनि वर्तमानमा पढ्ने अवसर प्राप्त भएमा दीर्घकालमा व्यक्ति आफू, परिवार र समाजलाई सकारात्मक परिवर्तन गराउन सक्छ भन्ने उद्देश्य सहित शैक्षिक सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

    कार्यक्रममा नेपाली काङ्ग्रेस तनहुँका सभापति एवं व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, नेपाल विद्यार्थी सङ्घ तनहुँका अध्यक्ष चुडामणि खालान, व्यास नगरपालिका–६ का वडाध्यक्ष सूर्यभक्त भण्डारी, युथ काङ्ग्रेस नेपालका केन्द्रीय संयोजक सचिन तिमल्सेना, जीवन विज्ञानका शिक्षक दिपा पौडेल लगायतको उपस्थिति थियो ।