तनहुँ : डिस होममा ‘डिलर दाइको डिस्काउन्ट’ विजेता तनहुँको भीमाद नगरपालिका–९ निवासी हर्कबहादुर मल्ललाई रु एक लाख प्रदान गरिएको छ । डिस होमका तनहुँ, लमजुङ र गोरखाका वितरक शुभलक्ष्मी डिटी एच नेटवर्क प्रालिका प्रोपाइटर कृष्णराज पण्डितले आइतबार मल्ललाई उक्त पुरस्कार रकम हस्तान्तरण गर्नुभयो ।
भीमाद नगरपालिका–६ स्थित ए टु जेड मोवाइल हाउसबाट वार्षिक रिचार्ज गर्दा मल्लले उक्त पुरस्कार प्राप्त गर्नुभएको हो । डिसहोमका गण्डकी प्रदेशका एरिया इन्चार्ज राजाराम पौडेलले वार्षिक रुपमा रिचार्ज गर्नेहरुमध्ये लक्की ड्र मार्फत् रु एक लाख पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेटवर्क प्रालिका प्रोपाइटर पण्डितले तनहुँ, लमजुङ र गोरखामा डिस डिस होमका एक लाख ग्राहक पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।