तनहुँ : तनहुँको व्यास नगरपालिका-१२ छिर्कन निवासी दुवै मिर्गौला पीडित अनुप क्षेत्रीको उपचारका लागि उहॉकै साथीहरुले आर्थिक सहयोग गरेका छन् ।
अनुपसँगै आदिकवि भानुभक्त क्याम्पसमा अध्यनरत साथीहरुले उपचारमा सहयोगम पुर्याउन रु १२ हजार आर्थिक सहयोग गरेका हुन् । करण राना, सुजन आले, कृष्ण अधिकारी, मिलन परियार, रबि बोटे, रबिन थापा, अनुसिल पौडेल लगायतले उक्त रकम अनुपको घरमै पुगेर हस्तान्तरण गरेका छन् ।
मिर्गौला प्रत्यारोपणका लागि आर्थिक स्रोत नभएकाले सबैलाई सहयोग गरिदिन अनुपले आग्रह गर्नुभएको छ ।