काठमाडौँ : सरकारले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारमा सार्वजनिक विदा दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको सार्वजनिक विदा ३ वर्षअघि कटौती गरिएको थियो । यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा विदा दिइँदै आएको थियो । सोनाम ल्होछार यही माघ ३० गते परेको छ ।