व्यास नगरपालिकाको ३४ औं नगरसभा शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाको ३४ औं नगरसभा शुरु

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाको ३४ औं नगरसभा मङ्गलबारदेखि शुरु भएको छ । नगरसभाको पहिलो दिन चालु आर्थिक वर्ष २०७७/७८ को नीति, कार्यक्रम तथा बजेटमाथि समिक्षा गरिएको छ ।

    सभामा नगरप्रमुख बैकुण्ठ न्यौपानेले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बन्धी समिक्षा विवरण प्रस्तुत गर्नुभएको थियो । उपप्रमुख मीरा जोशीले चालु आर्थिक वर्षको संशोधित बजेट तथा कार्यक्रम, संशोधित आर्थिक विधेयक २०७७, संशोधित विनियोजन विधेयक २०७७ प्रस्तुत गर्नुभएको छ । उक्त विधेयकमाथि नगरसभा सदस्यहरु रविन पौडेल, चुडामणि दाहाल, बसुन्धरा घर्ती, कृष्णबहादुर विष्ट, सुन्दर वाग्ले, लक्ष्मीकान्त मिश्र, प्रदीप आचार्य, निरबहादुर ठकुरी, ढालप्रसाद घिमिरे, ज्ञानुमाया सुनार र कृष्णा खनालले छलफलमा भाग लिनुभएको छ ।

    नगरसभामा लेखा समितिका संयोजक काजीमान श्रेष्ठले आर्थिक वर्ष ०७५÷७६ सम्मको बेरुजु सम्बन्धी रु १० करोड ५० लाख ४७ हजार सात सय ६० को संपरीक्षण गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । नगरसभाको अर्को बैठक बुधबार बिहान बस्ने नगरपालिकाले जनाएको छ ।