तनहुँ : तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय इश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत इश्वरको परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् ।
सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका इश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि इश्वरका दाजु सन्तोषले साथीभाईलाई सम्पर्क गरे । बिहान क्याम्पस पनि नगएको र साथीभाईको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाई हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गर्नुभयो ।
सोमबार बिहानदेखि बेपत्ता भएका इश्वरको दुई दिनसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो । “दुई दिन भइसक्यो इश्वरको केही अत्तोपत्तो लाग्न सकेको छैन,” उहाँले भन्नुभयो, “बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हे¥यौ, केही जानकारी प्राप्त हुन सकेन ।”
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको जानकारी दिनुभयो ।