तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँ खण्डमा सञ्चालन हुने बसमा अनाधिकृत बोर्ड राखेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ ।
जिल्लाका विभिन्न ठाउँमा गरिएको चेकजॉचका क्रममा पुग्नुपर्ने स्थान भन्दा फरक स्थान जाने अनाधिकृत बोर्ड राखेर यात्रुलाई ढाट, छल गरेको गुनासो आएपछि प्रहरीले गरेको चेकजॉचका क्रममा ४० बसलाई कारवाही गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो ।
उहॉका अनुसार २१ बसलाई कारवाही गरि छाडिएको र १९ बसका कागजपत्र नियन्त्रणमा लिइएको छ ।