तनहुँ : जेसीआई व्यास नगरले दमौली अस्पताल प्रवेश गर्ने गेट नजिक ढुङ्गेधारा निर्माण गरेको छ । सर्वसाधारणलाई शुद्ध पानी उपभोग गर्ने वातावरण मिलाउन जेसीआई व्यास नगरले ढुङ्गेधारा निर्माण गरेको हो ।
केही दिन अगाडीबाट निर्माण शुरु भएको धारा अबको चार/पॉच दिनमा तयार हुने जेसीआई व्यास नगरका अध्यक्ष लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो । उहॉका अनुसार धारामा शुद्ध खानेपानीको व्यवस्था मिलाईनेछ। धारा निर्माणका लागि करिब रु दुई लाख खर्च हुने अनुमान गरिएको छ ।
दमौलीका अन्य चोकहरुमा पनि धाराको आवश्यकता रहेकाले व्यास नगरपालिकासँग समन्वय गरेर त्यसका लागि पहल गरिने खनालले जानकारी दिनुभयो । “कामका लागि बजार आउने सर्वसाधारणलाई पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा बनाएका हौ,” उहॉले भन्नुभयो ।