तनहुँ : तनहुँको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती सम्मानित हुनुभएको छ । बुधबार सम्पन्न ३४ औ नगरसभाका अवसरमा सोती सम्मानित हुनुभएको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेले सोतीलाई सम्मानपत्र प्रदान गर्नुभयो । कोभिड महामारीका बेला कोभिड व्यवस्थापनमा उल्लेख्य योगदान पुर्याए बापत सोतीलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले गरेको सम्मान समग्र स्वास्थ्य क्षेत्रको नै रहेको र यसले व्यास नगरपालिकाका सम्पूर्ण स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुको मनोबल उच्च बनाएको महशुस भएको सोतीले बताउनुभयो ।
कोरोना महामारीका बेला आइसोलेशन, क्वारेन्टिन व्यवस्थापन लगायत पिसीआर परीक्षणका लागि सोतीको भूमिका उच्च रहेको बताइन्छ।