भट्टराईको पुण्यतिथिमा बालगृहलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    भट्टराईको पुण्यतिथिमा बालगृहलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-३ चोकनिवासी हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका उत्तम भट्टराई साथै युवा व्यवसायी सुमन भट्टराईले स्वर्गीय बुबाको स्मृतिमा बालगृहलाई सहयोग गर्नुभएको छ ।

    स्वर्गीय बुबा हरिभक्त भट्टराईको ४५ औ दिनको पुण्यतिथिमा व्यास-१० स्थित उज्यालो घर बालगृहलाई उहॉहरुले रु दश हजार सहयोग गर्नुभएको हो । उक्त रकम शनिबार बालगृहका सचिव आकाश खनाललाई हस्तान्तरण गरिएको छ।

    भट्टराईले बुबाको सम्झनामा भविष्यका कर्णधार बाबुनानीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । सबैको सहयोग र साथले बालगृहका बालबालिकाको लालनपालनमा सहयोग पुगेको खनालले बताउनुभयो ।