दुई दिनमै तनहुँमा ९२६ ले लगाए खोप (क–कसले लगाए ? सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दुई दिनमै तनहुँमा ९२६ ले लगाए खोप (क–कसले लगाए ? सूची सहित)

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, सोमबार

    तनहुँ : दुई दिनको अवधिमा तनहुँमा ९ सय २६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप अभियान अन्तर्गत तनहुँमा सोमबारसम्म कूल लक्ष्यको २८.२ प्रतिशतले खोप लगाएका हुन् ।

    तनहुँमा ३ हजार २ सय ८० जनालाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । खोप लगाउनका लागि दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र आँबुखैरेनी स्वास्थ्य केन्द्र निर्धारण गरिएको छ ।

    सोमबारसम्म ३ सय १५ स्थानीय तहका कर्मचारी÷जनप्रतिनिधि, १३ पत्रकार, ९७ निजामती सेवाका कर्मचारी, १ सय १८ बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, ८६ जनपद प्रहरी, १३ सशस्त्र प्रहरी, ७३ संस्थान÷प्राधिकरणका कर्मचारी, ३१ पहिलो चरणमा छुटेका व्यक्तिले खोप लगाएका छन् ।