डिभिजन वन कार्यालय प्रदेशको उत्कृष्ट कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डिभिजन वन कार्यालय प्रदेशको उत्कृष्ट कार्यालय

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : डिभिजन वन कार्यालय तनहुँ प्रदेश सरकारबाट उत्कृष्ट कार्यालयको रुपमा पुरस्कृत भएको छ । प्रदेश सरकार मातहत जिल्लास्तरमा रहेका कार्यालयमध्ये डिभिजन वन कार्यालय तनहुँ उत्कृष्ट घोषित हुन सफल भएको हो ।

    नमूना कार्यालय मापदण्ड, २०७६ बमोजिम यस वर्षको नमूना कार्यालयको रुपमा डिभिजन वन कार्यालय तनहुँलाई मङ्गलबार पुरस्कृत गरिएको छ । प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचिव विष्णुप्रसाद नेपालले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई नगद रु २० हजार र प्रमाणपत्रले पुरस्कृत गर्नुभएको छ ।

    आगामी दिनमा डिभिजन वन कार्यालयले थप सुधारका कार्यहरु सहित जनअपेक्षा अनुसार सेवा प्रवाह गरी सुशासनको प्रबद्र्धन गर्न सफल हुने सरकारले विश्वास व्यक्त गरेको छ ।