तनहुँ : तनहुँमा एकैदिन एक हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । दोस्रो चरणको खोप अभियान अन्तर्गत मङ्गलबार मात्रै एक हजार ४७ जनाले खोप लगाएका छन् । सोमबारसम्म ९ सय २६ जनाले खोप लगाएकामा मङ्गलबारको समेत जोड्दा खोप लगाउनेको सङ्ख्या एक हजार ९ सय ७३ पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
मङ्गलबार दुई सय ७३ स्थानीय तहका कर्मचारी÷जनप्रतिनिधि, ६४ पत्रकार, एक सय ३१ निजामति सेवाका कर्मचारी, दुई सय ७३ बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, ६१ जनपद प्रहरी, ७७ संस्थान÷प्राधिकरणका कर्मचारी, ९ न्याय सेवाका कर्मचारी र ५९ पहिलो चरणमा छुटेकाले खोप लगाएका छन् ।
खोप लगाउनका लागि दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचारा केन्द्र र आँबुखैरेनी स्वास्थ्य केन्द्रमा खोप केन्द्र निर्धारण गरिएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । तनहुँमा तीन हजार दुई सय ८० जनालाई खोप लगाउने लक्ष्य रहेकामा ६०.१५ प्रतिशतले खोप लगाएका छन् ।