धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७७, बुधबार

    तनहुँ : गाजा मुद्दामा पक्राउ परेका एक अभियुक्त धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा गएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ बस्ने २१ वर्षीय आनन्द केसी रु २० हजार धरौटी बुझाउन नसकेपछि बुधबार पुर्पक्षका लागि थुनामा गएका हुन् ।

    सोही मुद्दामा उदयपुर रौतामाई गाउँपालिकाका १९ वर्षीय विजय राई भने रु १० हजार धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । जिल्ला न्यायधीश बासुदेव पौडेलको बुधबारको इजलासले उक्त आदेश गरेको हो । शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराबाट गत माघ ८ गते प्रहरीले निजहरुलाई एक किलो २५० ग्राम गाजा सहित पक्राउ गरेको थियो ।