तनहुँ हाइड्रोका मजदुरलाई कोराना खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँ हाइड्रोका मजदुरलाई कोराना खोप

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : तनहुँ जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई कोरोना विरुद्धको खोप लगाइएको छ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय चालिस मेगावाट क्षमताको जलविद्युत आयोजनामा कार्यरत मजदुरलाई बिहीबार कोरोना विरुद्धको खोप लगाइएको हो ।

    दमौली अस्पतालमा रहेको खोप केन्द्रबाट आयोजनामा कार्यरत मजदुरलाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई सय मजदुरलाई खोप लगाइएको छ ।

    बिहीबार कूल चार सय ४७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । यो सँगै तनहुँमा दोस्रो चरणमा खोप लगाउनको सङ्ख्या दुई हजार ६ सय ५५ पुगेको छ ।