रोटरीको स्थापना दिवसमा ११६ वटा मैनबत्ती प्रज्ज्वलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटरीको स्थापना दिवसमा ११६ वटा मैनबत्ती प्रज्ज्वलन

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७७, मंगलवार

    तनहुँ : रोटरी इन्टरनेशनलको स्थापना दिवसको अवसरमा तनहुँको दमौलीमा मङ्गलबार साँझ दीप प्रज्ज्वलन गरिएको छ । रोटरी क्लव अफ दमौलीले ११६ औं स्थापना दिवसको अवसरमा दीप प्रज्ज्वलन गरेको हो ।

    दमौलीस्थित अनसनचोकमा गरिएको दीप प्रज्ज्वलनमा ११६ वटा मैनबत्ती बालिएको थियो । दीप प्रज्ज्वलनको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सामाजिक क्षेत्रमा रोटरीको योगदान अतुलनीय रहेको बताउनुभयो । प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा मङ्गलबार नै भएको निर्णय स्वागत गर्दै न्यौपानेले विधिको शासन र स्थिरताको पक्षमा फैसला भएको बताउनुभयो ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, रोटरी क्लव अफ दमौलीका अध्यक्ष दामोदर भण्डारीले राटरी सदैव सामाजिक काममा क्रियाशील रहने बताउनुभयो ।