डिजिटल सिकाई अभियान शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    डिजिटल सिकाई अभियान शुरु

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, बुधबार

    तनहुँ : आधुनिक शिक्षाको शुरुआतसँगै शिक्षण सिकाइमा सूचना प्रविधिलाई जोड्दै सिकाई कार्यामा सहजता बनाउन व्यास नगरपालिकाबाट डिजिटल सिकाई अभियानको शुभारम्भ गरिएको छ ।

    स्थानीय तह, साझेदार संस्था एकीकृत हरित विकास नेपाल र विद्यालयहरूको त्रिपक्षीय सहकार्यमा उक्त कार्यक्रम सञ्चालनमा आएको हो । अभियानको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आधुनिक शिक्षाको शुरुआत भएको महशुस भएको बताउनुभयो ।

    कार्यक्रमको उद्देश्य एवं अभियान मार्फत् गरिने क्रियाकलापका बारे कार्यक्रम संयोजक श्रीकृष्ण आचार्यले जानकारी गराउनुभएको थियो ।

    डिजिटल सिकाई अभियान तनहुँको व्यास नगरपालिकासँगै भानु, शुक्लागण्डकी, भिमाद, म्याग्दे, बन्दिपुर, ऋषिङमा समेत विस्तार गरिने बताइएको छ । व्यास नगरपालिकामा साझेदार संस्थाको रु तीन लाख ३४ हजार पॉच सय र व्यास नगरपालिकाको रु तीन लाख ९९ हजार पॉच सयको साझेदारीमा कार्यक्रम सञ्चालनमा आएको शिक्षा अधिकृत नविन पराजुलीले जानकारी दिनुभयो ।